२०८१ जेष्ठ ७
Home Business सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नबिल

सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नबिल

by laganisutra

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा खुद नाफा ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिलले नै कमाएको छ। बैंकको खराब कर्जा (एनपीएल) ०.२६ प्रतिशत घटेर १.२ प्रतिशतमा झारेको छ । गत वर्षको सोही अवधिमा १.४६ प्रतिशत थियो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत बढेर ८ अर्ब २४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड रुपैयाँ, सञ्चालन नाफा ६.२८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ रहको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ५.३५ प्रतिशत घटेर २८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ८ प्रतिशत बढेर ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ र कर्जा प्रवाह ९.५९ प्रतिशत बढेर ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ घटेर २३.६८ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.