२०८१ जेष्ठ ७
Home Politics फ्रान्सका गेब्रियलबाट पाठ सिक्दै नेपालमा पनि युवा राजनीतिज्ञलाई अवसर दिनुपर्छ : महर

फ्रान्सका गेब्रियलबाट पाठ सिक्दै नेपालमा पनि युवा राजनीतिज्ञलाई अवसर दिनुपर्छ : महर

by laganisutra

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेको घटनाबाट नेपाली राजनीतिज्ञले पनि पाठ सिक्नु पर्ने बताएका छन् ।

यससँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीया एलिजाबेथ बोर्नको स्थानमा नियुक्त भएका हुन् ।

‘फ्रान्समा ३४ वर्षीय गेब्रियल एटलको सत्तारोहणले राजनीतिभित्र सुधारको पक्षामा सक्रिय संसारभरका युवा राजनीतिकर्मीहरूलाई अवश्य पनि अदम्यसाहस र ढाडस थपिएको हुनुपर्छ। तर, नेपालको सन्दर्भमा भने उमेर र अवसर प्राप्तिका आधारमा प्रौढ भएका अग्रज नेताहरूको अनिवार्य विश्रामबाट मात्र युवा नेतृत्व स्थापनाको नेपाली सपना पुरा हुन सक्छ । विश्वमा शान्ती, स्थिरता, विकास र भातृत्व स्थापनाका लागि गेब्रियलको शासनकाल सफल हुन सकोस,’ महरले भनेका छन्।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री बनेका गेब्रियल यसअघि देशको कान्छो शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए । उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा मानिन्छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.