२०८१ बैशाख २७
Home Market सेयर बजारमा गिरावट, कारोबार रकम कति ?

सेयर बजारमा गिरावट, कारोबार रकम कति ?

by laganisutra

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजार आज दोहोरो अंकले ओरालो झरेको छ । आज नेप्से बढेर २२१५ अंकमा पुगे पनि बजार बन्द हुँदा घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से २१६३.०६ अंकमा ओर्लिएको छ ।

आज नेप्से तल झरे पनि कारोबार रकम भने बढेको छ । ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८.६१ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्त, नेपाल वायरहाउजिङ, हिमालयन रि–इन्स्योरेन्स र गरिमा बैंकको ऋणपत्र २०८५ का लगानीकर्ताले क्रमशः १०, १०, ९.९९ र ९.८९ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै इस्टर्न हाइड्रो, भूगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज ‘हिमालयन रि’को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ र हिजो मंगलबार ५४.५४ अंकले बजार बढ्दा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६।६९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.