२०८१ श्रावण १२
Home EconomyInternational कोभिड–१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

by laganisutra

जेनेभा : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण विश्वभर फैलिँदै गएकाले सर्वसाधारणको जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् ।

कोभिड–१९ को पुष्टि गरिएका घटनाहरु सार्वजनिक भए भन्दा २ देखि १९ गुणासम्म बढी भएको महामारी तथा संक्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले आफ्नो विशेष विश्लेषणमा उल्लेख गरेका हुन् । 

कोभिडसँग सम्बन्धित महामारीबाट सर्वसाधारणको मृत्युदरमा ठूलोमात्रामा कमी आएको भए पनि ५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजार जनाको भने ज्यान जाने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

भ्यान केरखोभले भाइरसको थप विकसित प्रकृतिका बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य संगठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरुको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताए ।  

 कोभिडपछिको अवस्था (पोष्ट कोभिड) मा गम्भीर थकान, फोक्सोको कमजोरी, न्यूरोलोजिक समस्याहरु देखिने गरेका छन् । कोभिड लागेपछि पनि ४ देखि १२ महिना वा सोभन्दा लामो समयसम्म यसको असर रहिरहने, हृदयघातजस्ता लक्षणसहित कोभिडपछिको अवस्था चिन्ताको विषय भएको पनि उनले बताए । 

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढीको कोभिड–१९ संक्रमणपछि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.