२०८१ श्रावण १२
Home EconomyInternational एसियाली बजारमा बढ्यो कच्चा तेलको भाउ

एसियाली बजारमा बढ्यो कच्चा तेलको भाउ

by laganisutra

सिंगापुर । एसियाली बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । बिहानी कारोबारमा तेलको भाउ करिब एक डलरले घटेको थियो । मध्य पूर्वमा तनाव भड्किरहँदा अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरको प्रभाव उल्ट्याउँदै तेल बजार उकालो लागेको हो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार मध्याह्न १२ बजे अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ शून्य दशमलव ६८ प्रतिशतले बढेर प्रतिब्यारे ७१ डलर ७४ सेन्टमा पुगेको थियो । तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७७ डलर २३ सेन्ट कायम भएको थियो ।

जनवरी ५ मा सकिएको हप्तामा अमेरिकामा कच्चा तेलको सञ्चिति १३ लाख ब्यारेलले बढेर ४३ करोड ४२ लाख ब्यारेलमा पुगेको बुधबार अमेरिकाको ऊर्जा सूचना प्रशासनले जारी गरेको तथ्याङ्कले देखाएको थियो । बुधबार नै हुथीहरुले लाल सागर भएर जाने ढुवानी जहाजमा अहिलेसम्मकै ठुलो आक्रमण गरेका थिए ।

आक्रमण जारी रहेमा थप कदम चाल्ने अमेरिका र बेलायतले सङ्केत गरेका छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले पनि आक्रमण तत्कालै अन्त्य गर्ने माग गर्दै रिजोलुशन जारी गरेको छ । बुधबार दक्षिण र मध्य गाजामा इजरायली आक्रमण चर्किएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.