२०८१ श्रावण १२
Home Business हेटौंडा उपमहानगरले बजेटको आकार बढाएर झण्डै ३ अर्ब पुर्यायो

हेटौंडा उपमहानगरले बजेटको आकार बढाएर झण्डै ३ अर्ब पुर्यायो

by laganisutra

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले संशोधन गरेर बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को असारमा ल्याएको बजेटलाई १४ औं नगरसभामार्फत संशोधन गर्दै उपमहानगरले बजेटको आकार करिब ३ अर्ब पुर्‍याएको हो ।

शनिबार बसेको नगरसभामा उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संशोधनसहित २ अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको बजेट पास भएको हो । उपमहानगरले चालु आवको असारमा भएको नगरसभाले २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक वर्षको संशोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थप गर्दै कार्यान्वयनमा ल्याउने तयारी थालेको बानियाँले जानकारी दिए ।

चालु आवको ६ महिनाको राजस्व संकलनमा लक्ष्य अनुसारको आधा पूरा भएको भन्दै उपप्रमुख बानियाँले गत आर्थिक वर्ष भन्दा यो वर्ष राजस्व बढ्ने भएकोले आकार बढाएको बताए । आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजश्व लक्ष्य राखेकोमा १५ पुसमा १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।

१४ औं नगरसभाले स्थानीय समुदायको आर्थिक अवस्था सुधार ल्याउन लघु उद्यमीले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगायतका खाद्य पदार्थलाई ब्रान्डिङ गर्ने, मौलिक तथा रैथाने कृषि उपजलाई प्रवर्द्धन गर्न होटल एसोसिएसनसँग समन्वय गरी नगरका सबै होटलका खाना सूचीमा समावेश गराउने प्रस्ताव पास गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.