२०८१ श्रावण १२
Home Business गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

by laganisutra

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सञ्चालक समितिको २९७औँ बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावको निर्णय पारित गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइ बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने छ । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.