कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व। विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने भएका छन् । प्रतियोगिताको अवलोकन भने निःशुल्क रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १५ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाही प्रति समर्पित रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो । प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप आयोजक समितिले जनाएको छ । खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड आयोजक समितिका संयोजक हिमाल अर्यालले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र ९हाई स्कोरर०लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्रदान गरिने संयोजक अर्याले बताए । संस्थाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई खान र बस्नको व्यवस्था गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा ७० लाख रुपैयाँ भन्दा बढी खर्च हुने छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाहीप्रति समर्पित रहेकोले अपाङ्गता खेलकुदप्रति स्व। अधिकारीको उत्कृष्ट चाहनालाई पुरा गर्ने उदेश्यले स्थापित यस विकास शिल्ड प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रियस्तरको अपाङ्गता खेलकुद कार्यक्रमको आयोजना गर्ने हाल संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो ।
प्रतियोगिताको समापन भने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाजको बास्केटबल कोर्ट पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् ।
Market
गलकोट (बागलुङ) । नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताए ।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिए । उनले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताए ।
“म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उनले भने, “तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।”
वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताए । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उनको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उनको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताए ।
अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताए । शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उनको भनाइ छ । गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ । गठबन्धन रणनीतिक विषय भएको उनको जिकिर छ ।
कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताए । कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उनको जोड थियो । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आएका हुन् ।
यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिक्षा सम्मेलन, जनप्रतिनिधि सम्मेलन र कानुन सम्मेलनलगायतका विविध कार्यक्रम आयोजना भइसकेका छन् ।
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ आगामी बुधबारसम्म बाँडफाँट गर्ने तयारी भइरहेको छ ।
आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने र धितोपत्र बोर्डमा आईपीओ बाँडफाँडको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँट गर्ने क्यापिटलको तयारी छ ।
सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो।
कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०।९० रुपैयाँ रहेको थियो। आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। सेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ताका दरले बाँडफाँट हुनेछ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र सेयर पाउने छन् ।
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
बिहीबार प्रि–ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ ।
यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर पाउँदैनन् ।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ भर्ने साढे ९ लाख भन्दा धेरैको हात खाली हुने भएको छ । कम्पनीको आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ।
सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२ हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।
काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ। कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।
कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो।
कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। सेयर बाँडफाँट गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता सेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको सेयर मूल्य घटेको छ ।
सात कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका सेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता सेयर किनबेच भनेको छ ।
सर्वोत्तमको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि आज बुधबार अन्तिम दिन तोकिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख २४ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो । कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ ।
सीडीएसको अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । बुक बिल्डिङ विधिबाट पहिलो पटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।
काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा आज तस्रो दिन अर्थात मंगलबार साँझसम्ममा१० अर्ब २२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा ५ लाख २४ हजार ७८ आवेदकले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा १०.२० गुणा बढी आवेदन हो । कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।