303
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।