२०८१ श्रावण १२
Home Business आज शेयर बजार २४ अंकको बढ्यो

आज शेयर बजार २४ अंकको बढ्यो

by laganisutra

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार २४ दशमलव ३९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिवासी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.