२०८१ श्रावण १२
Home Business यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ । शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो । आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.