२०८१ बैशाख २४
Home Business डलरको भाउ आज पनि घट्यो, अरु देशको मुद्राको विनिमय दर कति ?

डलरको भाउ आज पनि घट्यो, अरु देशको मुद्राको विनिमय दर कति ?

by laganisutra

काठामडौं । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ घट्दा अन्य युरो र अष्ट्रेलियन डलर भने महँगिएको छ । यसअघि एकको खरिद मूल्य १३३ रुपैयाँ ०९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा कायम भएको अमेरिकी डलरलाई आज खरिदमा १३३ रुपैयाँ ०६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

यता युरोपियन युरो भने बढेर एकको खरिदमा १४१ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । यसअघि भने युरोको भाउ घटेर एकको खरिदमा १४१ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रुपैयाँ २१ पैसामा झरेको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा तोकिएकोमा आज बढेर खरिद मूल्य ८५ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ २८ पैसा पुगेको छ ।

जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६४ पैसा र चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.