२०८१ जेष्ठ १२
Home Business नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट

by laganisutra

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर तीन अर्ब छ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.