२०८१ जेष्ठ ७
Home Sports रोहित चम्किँदा नेपालले दियो गुजरातलाई बलियो लक्ष्य

रोहित चम्किँदा नेपालले दियो गुजरातलाई बलियो लक्ष्य

by laganisutra

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।

साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

नेपालका रोहितले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। दोस्रो विकेटका लागि आशिफ र रोहितले ७७ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे।

गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १र१ विकेट लिए।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.