२०८१ श्रावण १२
Home Sports भारतीय क्लबसँग हार्यो नेपाल

भारतीय क्लबसँग हार्यो नेपाल

by laganisutra

काठमाडौं । नेपालको सिनियर क्रिकेट टिमले भारतमा जारी फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा बरोडासँग ३७ रनको हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८।५ ओभरमा ११९ रनमा अलआउट भयो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । उनले बलमा ४३ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ५६ रन बनाए ।

यस्तै, कुशल भुर्तेलले १६ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बरोडाका लागि ध्रुव पटेलले चार विकेट र लक्षित तोक्सियाले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । उसका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६, मोहित मोंगियाले २२ र अभिमन्यु सिंह राजपूतले ११ रन बनाए ।

नेपालका लागि करण केसी र गुलशन झाले दुईरदुई तथा आकाश चन्द, प्रतिश जिसी, ललित राजवंंशी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । नेपालले आजको खेलमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहरा र आसिफ शेखलाई विश्राम दिएको थियो ।

नेपालले अब आइतबार गुजरातसँग फाइनल खेल्नेछ । नेपाललाई हराएको बरोडा भने लिग चरणबाटै बाहिरियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.