२०८१ श्रावण १२
Home EconomyNational कुमारी बैंकको वार्षिकोत्सवमा १५४ जनाले गरे रक्तदान

कुमारी बैंकको वार्षिकोत्सवमा १५४ जनाले गरे रक्तदान

by laganisutra

काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

रक्तदान कार्यक्रमले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले गरेको छ ।

यसका साथै परम्परा र सांस्कृतिक सम्पदा महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ प्रदर्शनी गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमले जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.