२०८१ श्रावण १२
Home Sports आयरल्यान्डविरुद्ध घरेलु मैदानमा नेपालको लज्जास्पद हार

आयरल्यान्डविरुद्ध घरेलु मैदानमा नेपालको लज्जास्पद हार

by laganisutra

काठमाडौँ। म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ।

शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६।५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो।

नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए। ४।५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिए।

यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २र२ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८।४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।

आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे।

यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए। लियाम म्यार्क्थी ३५र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका रिजन ढकाल र शाहब आलमले ३र३ विकेट लिए। श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.