२०८१ जेष्ठ ७
Home EconomyGold/Silver सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

by laganisutra

काठमाडौं । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।

यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढ्दै गएको छ । बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.