२०८१ श्रावण १२
Home Business सेयर बजार घटेको घट्यै, यद्यपि कारोबार रकम भने बढ्यो

सेयर बजार घटेको घट्यै, यद्यपि कारोबार रकम भने बढ्यो

by laganisutra

काठमाडौं । सेयरबजार पाँचै कारोबार दिन घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो।

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।

योसँगै आजको कारोबारमा सामेलमध्ये १०६ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.