२०८१ श्रावण १२
Home Business रिडी पावर कम्पनीले हकप्रद सेयर बिक्री गर्दै

रिडी पावर कम्पनीले हकप्रद सेयर बिक्री गर्दै

by laganisutra

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर बिक्री गर्दैछ । कम्पनीको अवितरित ११ लाख ३५ हजार बढी कित्ता हकप्रद शेयर चैत २९ गतेबाट बिक्रीमा राखिने भएको हाे ।

कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासनका क्रममा बिक्री हुन बाँकी ११ लाख ३५ हजार ६५७ शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो ।

उक्त शेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ९ गतेसम्म छ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि खरिद आवेदन दिन सकिनेछ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७८ रुपैयाँमा भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.