२०८१ श्रावण १२
Home Sports पहिलो खेलमा नेपाल आयरल्यान्डविरुद्ध पराजित

पहिलो खेलमा नेपाल आयरल्यान्डविरुद्ध पराजित

by laganisutra

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल ‘ए’ टोली पराजित भएको छ । खेलमा आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी भएको हो ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाली टोली टस हार्दै फिल्डिङमा उत्रिएको थियो । नेपाली टोली उत्कृष्ट बलिङ गर्दै आइरिस टोलीलाई ३७ ओभरमै १५७ रनमा अलआउट गर्न सफल भयो । टोलीका लागि केड कार्माइकले सर्वाधिक ५१ रन बनाउँदा निल रकले ३९ र पिटर मुरले २१ रनको योगदान दिए । नेपालका कमल सिंह ऐरीले ४ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १३६ रनमै अलआउट हुन पुग्यो । नेपाली टोलीका लागि सहाब आलमले सर्वाधिक ३७ रन बनाउँदा देव खनालले २६ र बसिर अहमदले २० रनको योगदान दिए । आयरल्यान्डका म्याथ्यु हम्फ्रेले ५ र लियाम म्याकार्थीले ४ विकेट लिन सफल रहे ।

यस अघि तीन खेलको टिट्वान्टी सिरिजमा नेपालले २(१ को हार व्यहोरीसकेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.