२०८१ श्रावण १२
Home Sports आयरल्याण्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आयरल्याण्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

by laganisutra

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।

यसअघि भएको टी-२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ माथि २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो । यो समाचार तयार पार्दासम्म आयरल्याण्ड ‘ए’ ले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३६ रन बनाएको छ । नेपालका लागि रिजन ढकाल र शाहब आलमले एक/एक विकेट लिएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.