२०८१ श्रावण १२
Home Business हिमालयन बैंकका ८ जना संस्थापक सेयरधनीले १३ लाख बढी कित्ता सेयर बिक्री गर्दै

हिमालयन बैंकका ८ जना संस्थापक सेयरधनीले १३ लाख बढी कित्ता सेयर बिक्री गर्दै

by laganisutra

काठमाडौं । हिमालयन बैंकका विभिन्न ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

बैंकका ८ जना संस्थापकले उक्त सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिन भित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गरिने जनाइएको छ ।

बैंकका संस्थापक सेयरधनी पुन प्रसाद सुवेदीले ३० हजार, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४, नारायण श्रेष्ठको ४ हजार, प्रकाश तायलको ३ लाख ८ हजार ३४८, तुलसी राम नेपाल ७ हजार ४०९, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेश विक्रम सिजापतिको २२ हजार ३१३ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.