२०८१ श्रावण १२
Home Sports आयरल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

आयरल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

by laganisutra

काठमाडौं । कीर्तिपुरमा जारी टी-२० सीरीजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टीम तीन रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आयरल्याण्ड ‘ए’ ले २० ओभरमा २१० रनमात्र बनाउन सफल भयो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

आजको खेलमा नेपालका बिपिन खत्रीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २३ रन दिएका थिए । त्यस्तै कमल ऐरी, नारायण जोशी तथा राशिद खानले समान एक विकेट लिए ।

त्यसअघि, नेपाल ‘ए’ का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड ‘ए’ का लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.