Thursday, October 24, 2024
Home Sports आयरल्यान्डले दियो नेपाललाई बलियो लक्ष्य

आयरल्यान्डले दियो नेपाललाई बलियो लक्ष्य

by laganisutra

काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्ध जितका लागि नेपाल ‘ए’ ले जितका लागि २२३ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो।

पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछिका बलिङ कमजोर हुँदा आयरल्याण्डलाई थोरै रनमा रोक्न सकेन।

नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो। उक्त ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए।

कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए।

त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए।

४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए।

त्यसपछि कमलसिंह ऐरीले नै चौथो विकेट लिए।

उनले १५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराए।

डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए।

१९ औं ओभरको पहिलो बलमा पुनः कमल ऐरीले विकेट लिए।

उनले कप्तान नेइल रकलाई आउट गरेका थिए। रक २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर खेलिरहेका थिए।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft