२०८१ जेष्ठ ६
Home Business हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर  बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर  बिक्रीमा

by laganisutra

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि बिक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो ।

इच्छुक खरिदकर्ताहरूले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । यी शेयर यस अघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी भएको थियो । उक्त समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी विक्रीमा आएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.