२०८१ श्रावण १२
Home Business सेयर बजार घटेको घट्यै, आज कति कमाए/गुमाए लगानीकर्ताले ?

सेयर बजार घटेको घट्यै, आज कति कमाए/गुमाए लगानीकर्ताले ?

by laganisutra

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको ओरालो लागेको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको छ।

आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ .९९ प्रतिशतका दरले कमाएका हुन् । किसन घलुवित्तका लगानीकर्तादे ९.९१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

माछापुच्छ्रे बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ,गोर्खाज फाइनान्स २८ करोड ५३ लाख रुपैयाँ,शिवम सिमेन्ट १४ करोड ५८ लाख रुपैयाँ,सोनापुर मिनरल्स १२ करोड ७७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ९ करोड ५९ लाख रुपैयाँ,नेपाल फाइनान्स ६ करोड १५ लाख रुपैयाँ,फरवार्ड माइक्रोफाइनान्स ५ करोड ९० लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ५ करोड ६२ लाख रुपैयाँ,अपर तामाकोशी ५ करोड ४९ लाख रुपैयाँ,पिपुल्स पावर ४ करोड ७२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.