२०८१ श्रावण १२
Home Business रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

by laganisutra

काठमाडौं । रिडी पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ ।

कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले माघ २२ गते बुक क्लोज गरेको छ । माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालदयबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.