२०८१ जेष्ठ ७
Home Business सेयर बजारमा गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

by laganisutra

काठमाडौं । सेयर बजार आज पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएको छ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।

सोनपुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवम सिमेन्ट १७ करोड ६० लाख रुपैयाँ,गोर्खाज फाइनान्स ११ करोड ९१ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ७ करोड ४० लाख रुपैयाँ,फर्स्ट माइक्रोफाइनान्स ७ करोड २७ लाख रुपैयाँ,अपर तामाकोशी ७ करोड ५ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ६ करोड १३ लाख रुपैयाँ,घोराही सिमेन्ट ५ करोड ९४ लाख रुपैयाँ,पिपुल्स पावर ४ करोड ९७ लाख रुपैयाँ,ग्रामीण विकास लघुवित्त ४ करोड ८७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.