२०८१ जेष्ठ ७
Home Business सेयर बजारमा सामान्य अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

सेयर बजारमा सामान्य अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

by laganisutra

काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा बन्द भएको छ।

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार ओरालो लाग्दा १०४ कम्पनीको सेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। आज ११ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन्।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स १८ करोड ८९ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १५ करोड ८२ लाख रुपैयाँ,घोराही सिमेन्ट १० करोड १६ लाख रुपैयाँ,नेपाल फाइनान्स ९ करोड ५५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ८ करोड ६१ लाख रुपैयाँ,पिपुल्स पावर ७ करोड १७ लाख रुपैयाँ,अपर तामाकोशी ६ करोड ९८ लाख रुपैयाँ,आईसीएफसी फाइनान्स ६ करोड ६४ लाख रुपैयाँ,सूर्यज्योति लाइफ इन्स्योरेन्स ६ करोड ४१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.