२०८१ जेष्ठ ७
Home Business यौन दुर्व्यवहारको आरोपपछि राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

यौन दुर्व्यवहारको आरोपपछि राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई बर्खास्त गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताए ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ को विनियम १४५ को खण्ड ९ख० को ९१० बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।

पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

उनले दुव्यवहार गरेको आरोपपछि गठन भएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टिकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि बर्खास्त गरिएको बताएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.