२०८१ जेष्ठ ७
Home Business महुली लघुवित्तले बोलायो साधारणसभा

महुली लघुवित्तले बोलायो साधारणसभा

by laganisutra

काठामाडौं। महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा कम्पनीको संस्थापक तर्फको रहेको संचालक पदमा संचालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै, कम्पनीका शेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुँदा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.