434
काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हाे ।
बैंककाे चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इचछुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचजामा उल्लेख छ ।