२०८१ श्रावण १२
Home BusinessCompanies सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग प्रदान

by laganisutra

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘बेबी लाइफ होम’लाई आर्थिक सहयोगस्वरूप रु। दुई लाख प्रदान गरेको छ।

बैंकले आफ्नो १७औँ वार्षिक उत्सव आगामी वैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

बेबी लाइफ होममा रहेका एचआइभी संक्रमित २७ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए।

विशेष गरी विपन्न समुदायमा जन्मेका एच।आई।भी पजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोबीच रु। दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरतास्वरूप वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.