२०८१ श्रावण १२
Home Business लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

by laganisutra

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७९र०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु पारित गरेको छ ।

सभाबाट आर्थिक वर्ष २०७९र०८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने निर्णय र आर्थिक वर्ष २०८०र०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना सेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक चयन गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.