387
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ विन्दुले बढेको छ । यससँगै सूचक २११०.५५ अंकमा आएको छ । २४ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ९ हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।