२०८१ श्रावण १२
Home Business नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने

by laganisutra

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भए एक सय रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर भएका एक सय रुपैयाँ अङ्कित ५ करोड इकाई शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरि जारी गर्ने तयारी गरेको हो । बैंकले उक्त अग्राधिकार सेयरलो लाभांश मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण गर्ने जनाएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् बैंकले ८ वर्ष अवधिको ८ % नबिल डिबेन्चर २०८९ जारी गर्ने तयारी गरेको जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.