२०८१ श्रावण १२
Home Business सेयर बजारमा झिनो गिरावट

सेयर बजारमा झिनो गिरावट

by laganisutra

काठमाडौं । लगातार ४ दिन बढेरको  सेयर बजारमा आज झिनो अंकको  गिरावट आएको छ । लगाता बढिरहेको बजारमा २.४८ अंकको  गिरावट आएको हो। नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ।

आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ ।

त्यस्तै,सबैभनदा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.५८ प्रशिततका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानकिर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै,सोनापुर मिनरल्सः २० करोड ६९ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः २० करोड ६३ लाख रुपैयाँ,अपर तामाकोशीः १५ करोड ५४ लाख रुपैयाँ,गोर्खाज फाइनान्सः १३ करोड ७७ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ९ करोड ९५ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ९ करोड ३१ लाख रुपैयाँ,हिमालयन लाइफः ८ करोड ४४ लाख रुपैयाँ,सन नेपाल लाइफः ७ करोड ९३ लाख रुपैयाँ,घोराही सिमेन्टः ७ करोड ४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.