२०८१ श्रावण १२
Home Sports फाइनलमा पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

फाइनलमा पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

by laganisutra

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

उसका लागि टोनी उराले शानदार अर्धशतकीय पारी खेले । ३७ बलको सामना गरेका उनले पाँच चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । त्यस्तै, अलि नाओले ३० रनको विस्फोटक पारी खेले ।

नेपालका लागि बलिङमा आकाश चन्द र कुशल भुर्तेलले सर्वाधिक ३/३, करण केसी र गुल्शन झाले पनि एक/एक विकेट लिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.