२०८१ श्रावण १२
Home Business सेयर धितो कर्जा बढ्दै, ७ महिनामा ८५ अर्ब रुपैयाँ प्रवाह

सेयर धितो कर्जा बढ्दै, ७ महिनामा ८५ अर्ब रुपैयाँ प्रवाह

by laganisutra

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सेयर धितो कर्जा बढ्न थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

गत असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसअधारमा हेर्दा ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय अन्य क्षेत्रमा कर्जा विस्तार लगभग ठप्पजस्तै भए पनि सेयर कर्जाको माग भने बढ्न थालेको बैंकरहरु स्वयं बताउँछन् । पछिल्लो एक महिनामा मात्रै ८८ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुसमा ८४ अर्ब २९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो ।सेयर धितो कर्जा साउन महिनादेखि बढ्न थालेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचिलो नीति लिएको थियो । फलस्वरुपः साउनदेखि सेयर कर्जा पनि केही बढेको हो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जामा अझै सहज नीति लिएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको थियो । यसको अलावा के

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.