२०८१ श्रावण १२
Home Business यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।

सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसाले बढेको हो । आइतबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ५० पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७० रूपैयाँ ७२ पैसा कायम गरिएको छ । आइतबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६० र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०३ पैसा तथा बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.