२०८१ श्रावण १२
Home Business बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब

बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब

by laganisutra

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा मात्रै नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याए पछि बैंक तथा वित्तीय संस्थाले सो रकम राखेको केन्द्रीय बैंकले जनाएको छ ।

 बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन । यस अघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राख्न पाउने व्यवस्था छ । सो व्यवस्था अनुसार बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रि रहेको छ । सस्तो ब्याजदर हुँदा समेत कर्जा लगानी विस्तार हुन सकेको छैन । महंगो ब्याजदर लिएर राखेको पैसा बैंकहरुले सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा राख्न बाध्य भएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.