२०८१ श्रावण १२
Home Sports नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो

by laganisutra

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ । नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

नेपाली प्लेइङ ११ ः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, लोकेश बम, करण केसी, प्रतिस जिसी र अविनाश बोहरा ।

यस त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

यो समाचार तयार पार्दासम्म हङकङले पाँच ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको छ । हङकङको पहिलो विकेट नेपालका अनूभवी बलर करण केसले खेलको पहिलो बलमै लिएका हुन् । त्यस्तै, अहिले यी दुई टिमबीचको खेल वर्षाका कराण केही समयका लागि रोकिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.