२०८१ श्रावण १२
Home Politics अब चुनावअघि गठबन्धन गर्ने कल्पना कसैले गर्दैनन् : गगन थापा

अब चुनावअघि गठबन्धन गर्ने कल्पना कसैले गर्दैनन् : गगन थापा

by laganisutra

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन्। पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कतिबेला धोका दिने टुंगो नहुने देखिएकोले अब कसैले गठबन्धन नगर्ने उनको भनाइ थियो।

‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठूलो परिवर्तन देख्यौं। यसको अन्तर्यमा के छ भन्ने कुरा खुल्दै जाला,’ गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा कुराचाहिँ मलाई खुसी लागेको छ। चुनावभन्दा अगाडि, पार्टीहरू (नेताहरू) मिलेर चुनावमा जाने परम्परा थियो त्यसले राजनीतिलाई भ्रष्ट, लोकतन्त्रलाई विकृत र भित्रभित्र खोक्रो बनाउँदै लगेको थियो। अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पना नै गर्दैन।’

कसले कसलाई धोका दिन्छ त्यसको हिसाबकिताब नै नहुने भएकोले चुनावअघि गठबन्धन नहुने उनको भनाइ थियो। उनले निर्वाचन प्रणाली बदल्नुपर्ने पनि बताए।

‘काम गर्ने बेला हाम्रो ध्यान र ऊर्जा सरकार टिकाउन, बदल्न र खेल खेल्नमा समय गएको छ,’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीको कुर्सी हल्लिएको छ। कतिखेर म लड्ने वा धकेल्ने डरले। डराएको प्रधानमन्त्री कसरी काम गर्न सक्छ?’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.