२०८१ बैशाख २६
Home Business सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, लाखौँको हात रित्तो

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, लाखौँको हात रित्तो

by laganisutra

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड आज गर्न लागेको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान १० बजे क्यापिटलको प्रधान कार्यालयमा हुनेछ । मागभन्दा १९ गुणा बढी आवेदन परेकाले आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिनेछ ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ । कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.