२०८१ जेष्ठ ७
Home BusinessCompanies ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

by Lagani Yaman

काठमाडाैं । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वजनिक गरेको हो ।

जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन् । पुरस्कार राशि नगद ५० हजार बराबरको हुनेछ । यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५०हजार बराबरको ल्यापटप वा ५० सै हजार बराबरको स्मार्टफोन जित्न सक्नेछन् ।

यस्तै ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै इसेवा बाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा ‘लाइफई१००’ प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ । इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरको लागि स्वचालित रुपमा योग्य रहनेछन् भने पुरस्कार जित्नको लागि प्रयोगकर्ताहरूको केवाईसी भने प्रमाणित भएको हुनु पर्नेछ ।

बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनु पर्ने कम्पनीले उल्लेख गरेको छ । फागुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफ मार्फत गोलाप्रथाबाट छनौट गरिनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.