२०८१ श्रावण १२
Home Business ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

by laganisutra

काठमाडौँ । बजारमा आएको अधिक तरलताको व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने बताएको छ । 

आज बिहीबार फागुन २४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्ने बैंकको जानकारी छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.