२०८१ श्रावण १२
Home EconomyGold/Silver रेकर्डमाथि रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो तोलाको ?

रेकर्डमाथि रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो तोलाको ?

by laganisutra

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । लगातार मंगलबारदेखि नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बिहीबार पनि नयाँ इतिहास कायम गरेको हो । बुधबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख २३ हजार ५ सय रुपैयाँ कायम गरेको थियो ।

उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै बिहीबार हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार एकै पटक सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.