२०८१ श्रावण १२
Home Politics उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

by laganisutra

काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन्।

एमालेसँगको नयाँ सत्ता समिकरण गरेलगत्तै सोमवार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उनले कांग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरूले आफूलाई अविश्वसनीय भन्ने गरेको बताए।

प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरूले धेरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे। आफूलाई प्रतिक्रियावादीहरूका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताए।

उनले सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे। शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.