२०८१ श्रावण १२
Home Business घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदेछ किन-बेच ?

घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदेछ किन-बेच ?

by laganisutra

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिदद १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रूपैयाँ २८ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा घटेको हो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ०७ पैसा र बिक्रीमा ८६ रूपैयाँ ४६ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा पाइन्छ। कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीमा २८ रूपैयाँ ०१ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९५ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६६ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.